वैद्य र विप्लवको नियतप्रति शंका छैन तर, चाहनाले मात्रै क्रान्ति हुँदैनः प्रचण्ड

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : ४५


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु एक हुन आवश्यक रहेको बताएका छन।

नेकपा विप्लव समूहबाट पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन।

माओवादीमात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि नपर्न आग्रह गर्दै उनले सबै सच्चा कम्युनिस्टलाई एकीकृत र केन्द्रीकृत गर्नुपर्ने बताए। अध्यक्ष प्रचण्डले ‘वैज्ञानिक समाजवादको दिशातिर पुर्‍याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक रहेको बताए। क्रान्तिको खोजी गर्ने मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ को नियतप्रति आफ्नो शंका नभएको तर, चाहनाले मात्रै क्रान्ति नहुने उनको भनाई थियो।

अध्यक्षले माओवादीहरु एकजुट हुनुपर्ने दबाब जनता र कार्यकर्ताहरुबाट आएको उल्लेख गर्दै जनता नै इतिहासका निर्माता जनता नै भएको आफूहरुले भन्दै आएको बताए।

उनले विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मूलधारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरु फर्किन थालेको बताए।

“क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो। तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो,” उनले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भने।

उनले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको प्रस्ट पारे।

कसैले कसैप्रति दुराग्रह र पूर्वाग्रह होइन, राष्ट्रिय आवश्यकतालाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो।

बिना आग्रह, बिना पूर्वाग्रह सबैलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै उनले भने, ‘एक ठाउँमा सबै उभियौँ भने त्यो यस्तो भौतिक शक्ति हुनेछ, जसलाई कसैले रोक्नै सक्दैन।’

अध्यक्षले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एक हुन आवश्यक बताए।

उक्त कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका थिए। उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गर्राका हु्न।

यस्तै पूर्व केन्द्रीय सदस्य शंकर बहादुर खड्का, दलबहादुर धामी, लक्षमण बहादुर खड्का, भुवन कुँवर, राम भट्ट, टेकराज भट्ट, इन्द्र मडेइ, ममता कुँवर, गोमा वली, गोविन्द साउत, पदम सिंह, टिकाराम राना, भुपेस पुन, सन्दिप विक, प्रथममणि राना, सन्दिप तामाङ, युवराज पराजुली, खेम प्रदान, दीपक राना मगर, विजय राई, सुक्र राई, रुपक श्रेष्ठ लगायत रहेका छन। रासस


प्रतिक्रिया दिनुहोस्