एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल बीच समझदारी

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : ४१


काठमाडाैं । एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (टान) बीच डिजीटल सेवाहरु लाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदी बीच समझदारी पत्र हस्तानान्तरण भएको छ ।

उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बैकको डिजीटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ । यी सेवाहरुले गर्दा टानका सदस्यहरु लाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्