मुस्लिम धर्मगुरु विवादले भारतमा जातिय दंगा सिर्जना गर्दै, एक व्यक्तिको घाँटी रेटी हत्या!

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ०४


काठमाडौं। मुस्लिम धर्मगुरु पेगम्बर मोहम्मदको मजाक गरिएको विषयले भारतमा जातिय दंगा सिर्जना गर्ने देखिएको छ।

राजस्थान राज्यको उदयपुरमा यतिबेला सोही विवादलाई आधार मानेर मंगलबार दुई मुस्लिम समुदायका व्यक्तिले एक जनाको घाँटी रेटेर हत्या गरिदिएका छन्।

यो घटनासँगै उदयपुरको मात्र नभएर राजस्थानभरको इन्टरनेट सेवा २४ घण्टाको लागि बन्द गरिएको छ।

टेलर संचालन गर्ने कन्हैया लालको हत्या गरेको भिडिओ ती दुई व्यक्तिले इन्टरनेटमा अपलोड गरिदिएपछि त्यहाँ थप हिंसा फैलने त्रासका कारण इन्टरनेट सेवा बन्द गरिएको हो।

हत्याराहरुले भाजपाकी पूर्व सांसद नुपुर शर्माले मुस्लिम धर्मगुरु पेगम्बर मोहम्मदबारे भद्दा मजाक गरेकाले ती व्यक्तिको हत्या गरेको भिडिओमा उल्लेख गरेका छन्। सो भिडिओ भने सामाजिक संजालबाट हटाइसकिएको छ।

प्रहरीका अनुसार हत्या गर्ने व्यक्तिहरु मुस्लिम समुदायका हुन्। उनीहरुको नाम मोहम्मद रियाज र गोस मोहम्मद हो। हाल उनीहरुलाई राजसमन्द जिल्लाबाट गिरफ्तार गरिएको छ। इन्डियन एक्सप्रेस

यो पनिः

-मोदीको पार्टीका प्रवक्ताको टिप्पणीपछि विश्वभरका मुस्लिम देश आक्रोशित

-नुपुर शर्माको विवादस्पद टिप्पणीपछि अलकायदाद्वारा भारतमा बम पड्काउने चेतावनी


प्रतिक्रिया दिनुहोस्