बोलेरोको ठक्करबाट तनहुँमा २ जनाको मृत्यु

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ४९


तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय दयाराम मुक्तान र भीमफेदी गाउँपालिका–१ निवासी २३ वर्षीय दिपेश गोलेको मृत्यु भएको हो। डुम्रेबाट दमौलीतर्फ आउँदै बा४३प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग३च ४१८२ बोलेरोले ठक्कर दिँदा उक्त घटना भएको हो ।

मुक्तानको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा र गोलेको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस्