सरकारी अस्पताललाई सुधार गर्नुपर्ने अवस्था छः स्वास्थ्य राज्यमन्त्री केसी

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : १९


काठमाण्डौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सरकारी अस्पतालहरुमा केही सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

पदभार ग्रहण गरेको भोलीपल्ट मगंलवार आफ्नै कार्यकक्षमा विभिन्न सरकारी अस्पतालका प्रमुखहरुसगँ छलफल गर्दै मन्त्री केसीले यस्तो बताएका हुन् । सरकारले लगानी गरेका सरकारी अस्पतालहरु पहिलेभन्दा अहिले धेरै परिवर्तन भएको भन्दै उहाँले नेपाली सवै नागरिकहरुलाई सरकारी अस्पताल हाम्रो अस्पताल हो भन्ने गराउनुपर्ने उनले बताए ।

मन्त्री भन्ने त एउटा राजनीति नियुक्ति हो, राज्यमन्त्री केसीले भने’अस्पतालका प्रमुख डाक्टर लगायत अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरूको अस्पताललाई कस्तो वनाउने भन्ने ठुलो हात हुन्छ, तपाईहरु योजना वनाएर सुधारका काम गर्नुस मेरो पूर्ण साथ समर्थन र सहयोग रहन्छ।’

नागरिकहरुमा अहिले पनि सरकारी अस्पतालहरुमा छिटो छरितो सेवा पाईदैन भन्ने भ्रम रहेको छ यसलाई हटाउन सकेमात्र पनि ठुलो काम हुने मन्त्री केसीले बताए । ‘राज्यले सञ्चालन गरेको स्वास्थ्य विमा लगायत विभिन्न उपचारमा दिएको छुट,राम्रो र भरपर्दो उपचार विधीले सरकारी अस्पतालमा पछिल्लो सयम नागरिकहरु उपचार लिनेका लागि सरकारी अस्पतालहरुमा आउनेको सख्या धेरै राम्रो छ यसलाई थप व्यवस्थित वनाएर जानुपर्छ, उनले भने।’

छलफल कार्यक्रममा वीर अस्पतालका निर्देशक डाक्टर भुपेन्द्र वस्नेत,भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर विष्णुदत्त पौडेल, डाक्टर प्रकाश वुढाथोकी लगायत विभिन्न सरकारी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्