काठमाण्डौँको फोहर व्यवस्थापनबारे बालेनलाई हर्कले दिए यस्तो सुझाव

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : ४४


काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाको फोहर ब्यवस्थापनको विषय पेचिलो बन्दै गइरहेको छ । फोहरकै कारण काठमाण्डौँ र नुवाकोटको सम्बन्ध चिसिन पुगेको स्थितिकाबिच अहिले स्थानीयसंग सहमति गरेर बञ्चरे डाँडामा फोहर फाल्न महानगरले अनुमति पाएको छ । त्यसपछि यो झगडा सामसुम छ । महानगरले पनि यो फोहरको स्थायी ब्यवस्थापनबारे बजेटमै व्यवस्थापन गरेर नीति बनाउँदै छ ।

महानगरले फोहर ब्यवस्थापनको विषयमा झेलेको समस्याबारे धरान उपमहानगर पालिकाका स्वतन्त्र मेयर हर्क साम्पाङ राईले पनि बालेन्द्र शाहलाई सुझाएका छन् । अन्य विषयमा यी दुई स्वतन्त्र  मेयरबीच खासै कुराकानी र भेटघाट भएको भने देखिदैन । यस्तो अवस्थाकाबीच हर्कले बालेनलाई फोहरबारे सुझाएका हुन् ।

एक टेलिभिजनमा अन्तरवार्ता दिँदै उनले भनेका छन् ‘मेरो एउटा सल्लाह मिडियामार्फत् के छ भने त्यो बन्चरे डाँडामा आन्दोलन गर्दै त्यो गरिराख्नुभन्दा त्यहाँका मान्छेलाई सट्टा भर्ना कहिँ कतै दिएर, मुआब्जा दिएर, त्यो यरियालाई चाहिँ नो म्यान्स ल्याण्ड बनाएर । त्यहाँ चाहिँ फोहर मात्र ब्यवस्थापन गर्नुहोस् । त्यहाँका मानिसहरुलाई स्थानान्तण गर्नुहोस् । बालेन्द्र सरलाई सुझाव दिन चाहान्छु ।’

काठमाण्डौको फोहरले बञ्चरेडाँडाका स्थानीयले सास्ती खेपेका छन् । फोहरको दुर्गन्धले क्यान्सर रोगको सिकार भएको भन्दै यसको स्थायी ब्यवस्थापन गर्न उनीहरुले माग गरेका छन् । अहिले महानगरले गन्ध नआउने रासायनिक झोल छर्केर स्थानीयलाई विरोध गर्नबाट रोकेको छ ।


प्रतिक्रिया दिनुहोस्