धमलाको एउटा प्रश्नको उत्तर दिँदा मैले चुनाव हारेँः वामदेव गौतम

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : ३९


काठमाडौं । आज नयाँ पार्टी घोषणा गरेका वामदेव गौतमले ऋषि धमलाको एउटा प्रश्नको उत्तर दिँदा आफूले त्यतिबेला चुनाव हारेँको बताएका छन्।

नेकपा एकता राष्ट्रिय अभियानको आज रिपोर्टस क्लबमा घोषणा गर्ने बेला उनले २०७४ को प्रतिनिधिसभा निर्वाचन हारेको स्मरण गरेका हुन।

उनले भने ‘मलाई राम्रै थाहा थियो २०७४ को निर्वाचनपछि म प्रधानमन्त्री बन्न सक्दिनँ तर ऋषिजीले मलाई बाध्य पार्नुभो, उम्मेदवार त बन्नुहुन्छ तपाईँ, किन बन्नुहुन्न? त्यसपछि आफू बाध्य भएर ‘अब पार्टीले बनाए, उठाएछ भने, अगाडि सारेछ भने उम्मेदवार बन्ने क्षमता त छ नि त मसँग’ भनेर भनेको उनले स्मरण गरे ।

‘आधा एउटा अध्यक्ष प्रधानमन्त्री हुने, आधा अर्को अध्यक्ष प्रधानमन्त्री हुने हाम्रो सम्झौता थियो। त्यो मलाई थाहा थियो,’ गौतमले भने,‘मैले प्रधानमन्त्री बन्छु भनेपछि दुवैका पक्षधरले यसलाई यहीँ हराइदिएपछि त त्यहाँ गएर केही लफडा नै हुँदैन, भनेर हराउन लाग्नुभो।’

‘प्रधानमन्त्री त भइहालिएछ भने मैले अरुले भन्दा कम होइन धेरै नै काम गर्नसक्छु। त्यो क्षमता त छ मसँग भनेर मैले भनेँ त्यसरी भन्याँ’थे मैले,’ उनले भने। त्यसपछि त्यही कुरासँगै धेरै कुरा आएको उनले बताए।

‘आधा एउटा अध्यक्ष प्रधानमन्त्री हुने, आधा अर्को अध्यक्ष प्रधानमन्त्री हुने हाम्रो सम्झौता थिय। त्यो मलाई थाहा थियो,’ गौतमले भने,‘मैले प्रधानमन्त्री बन्छु भनेपछि दुवैका पक्षधरले यसलाई यहीँ हराइदिएपछि त त्यहाँ गएर केही लफडा नै हुँदैन, भनेर हराउन लाग्नुभो।’


प्रतिक्रिया दिनुहोस्