बामदेव गौतमको पार्टीमा श्रीमतीको वरियता दोस्रो, पाँचौ नम्बरमा छोरा

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : ३१


काठमाडौं । नेकपा (एमाले)बाट अलग भएर बसेका राष्ट्रिय सभाका सांसद बामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन्।

तत्कालिन नेकपालाई सर्वोच्च अदालतले विघटन गरेपछि उनी तटस्थ रहँदै आएका थिए। जसको नाम ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ राखिएको छ।

आज उनले  घोषणा गरेको नयाँ पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहने जनाइएको छ।

जहाँ उनकी पत्नी तुलसा थापा गौतम र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन्।

श्रीमतीको वरियता दोस्रो नम्बरमा र छोराको बरियता पाँचौ नम्बरमा राखिएको छ।

पार्टी घोषणाको दिन नै विवादमा परेपछि नेता गौतमले आफ्नो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य नभएको दाबाी गरे।

आफ्नो सिंगो पार्टी कम्युनिष्ट आन्दोलनमा सहभागी रहेको उनको भनाई छ।

 

 

 


प्रतिक्रिया दिनुहोस्