जोर्डनको तटमा विषाक्त ग्यास फुटेर फैलँदा १० जनाको मृत्यु, २५० घाइते (भिडिओ)

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : १५


काठमाडौं। जोर्डनको समुद्री तटमा विषाक्त ग्यास फुटेर वरपर फैलँदा १० जनाको मृत्यु भएको छ भने २५० जनाभन्दा धेरै मानिस घाइते भएका छन्।

जहाजबाट क्रेनको माध्यमबाट ग्यास झार्न खोज्दा सो क्रममा गल्तीले भुइँमा खस्दा सो क्रोलिन ग्यासको सिलिन्डर पड्किएको थियो।

ग्यास फैलँदा वरपर पहँेलो धुवाँ देखा परेका थिए।

डेलीमेलका अनुसार सो सिलिन्डरमा १५ सय लिटर ग्यास थियो। ग्यास वरपर फैलिएपछि १० जनाको स्वासप्रस्वासमा समस्या आएर मृत्यु भएको छ।

सो घटनापछि अन्य २५० जनाभन्दा बढी घाइते भएका छन्। हाल उनीहरुको प्रिन्सेस सल्मा र कराक हस्पिटलमा उपचार भइरहेको जनाइएको छ।

सो क्षेत्रका घरहरुको झ्याल र ढोका अझै बन्द गर्न भनिएको छ। क्लोरिन स्वीमिङपुल सफा गर्न त्यसलाई किटाणुमुक्त गर्न र फोहोर स्यानिटाइज गर्न प्रयोग गरिन्छ।

यसको धेरै मात्राले भने स्वासप्रस्वासमा समस्या आउनुका साथै कफ हुने र फोक्सोमा असर गर्ने गर्दछ।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्