कोटेश्वरमा ट्रक र सार्वजनिक माइक्रो ठोक्किएर दुर्घटना

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : १४


काठमाडौं । काठमाडौंको कोटेश्वरमा ट्रक र माइक्रो ठोक्किएर दुर्घटना भएको छ। प्रहरीका अनुसार प्रदेश २००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रो दुर्घटनामा परेको हो।

माइक्रो भक्तपुर/रत्नपार्कमा गुड्ने सार्वजनिक यातायात रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय पैदलयात्री देवकुमार सेन रहेका छन् ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

 


प्रतिक्रिया दिनुहोस्