बेँसीशहर–चामे सडक पुनःसञ्चालन

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ४६


लमजुङ । लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड पुनःसञ्चालनमा आएको छ।

यस सडकखण्डको सल्लाघारी भीरमा सडक ढलान गर्नका लागि आइतबारदेखि बन्द गरिएको थियो।

बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा ढलान गर्नका लागि आइतबारदेखि सडक बन्द गरिएकोमा आज साँझ ६ बजेदेखि पुनः सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए।

यात्रा असहज भइरहेको थियो तर यहाँ ढलान कार्य सम्पन्न भएसँगै दुर्घटनाको जोखिम कम र यात्रा पनि सहज भएको उनको भनाइ छ।

उक्त खण्डमा २० मिटर सडक ढलान गरिएको छ। यस सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ।

सवारीसाधन सञ्चालन भएपछि यतिबेला यात्रु आआफ्नो गन्तव्यमा गइरहेका छन्। रासस


प्रतिक्रिया दिनुहोस्