एसपिपी ओलीले ल्याएका हुन्, यसको जिम्मा उनैले लिनुपर्दछः प्रचण्ड

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ३१


काठमाण्डौँ । नेपालका सबै कम्युनिष्टलाई मिलाउन खोजे पनि सफल नभएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टबारे कडा टिप्पणी गरेका छन् । ललितपुरमा आज आयोजित नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै प्रचण्डले

कम्युनिष्टहरू राम्रा र धैर्यपूर्वक विश्लेषण गर्न सक्ने खालका हुने भए पनि विग्रँदा भने सडेको अण्डाजस्तो हुने टिप्पणी गरे । कम्युनिष्टहरु यसरी विग्रँदा सडेको अन्डाजस्तो गन्धा हुने प्रचण्डको भनाइ थियो।

‘कम्युनिष्टहरू राम्रा हुन्छन्। धैर्यतापूर्वक विश्लेषण गर्छन्। तर विग्रेपछि कम्युनिष्टजति नराम्रा कोही पनि हुन्नन्, सबैभन्दा नराम्रा कम्युनिष्ट हुन्छन्’ प्रचण्डले भने, ‘अण्डा धेरै फाइदाजनक चिज हो। सड्यो भने त्यो जति गन्धा केही पनि हुँदैन। कम्युनिष्ट गोर्भाचोभ र च्युसेस हुँदा अहिलेको स्थिति आएको उनले बताए । नेपालका कम्युनिष्टको पालामा चरम भ्रष्टाचार भएको उनले स्विकारे ।

कम्युनिष्टहरू विग्रेपछि क्रान्ति बरबाद हुने उनले बताएका थिए।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भ्रष्टाचार बढेको पनि उनले बताए ।

त्यसअघि कार्यक्रममा एमालेका महासचिव पोखरेलले शोधनान्तर घाटा बढिरहेकोले गठबन्धन सरकारले जवाफ खोज्नुपर्ने लगायतका बिभिन्न प्रश्न उठाएका थिए । त्यसको जवाफमा प्रचण्डले शोधानात्नर घाटा पनि तत्कालिन प्रधानमन्त्री ओली र अर्थमन्त्री युवराज खतिवडाले लिनुपर्ने बताए ।

अहिले एसपीपीबारे अनेक टिप्पणी आइरहेको बेला अध्यक्ष दाहालले एसपिपी ओलीकै पालामा आएको भन्दै यसको जिम्मा पनि उनैले लिनुपर्ने प्रचण्डले बताए । दाहालले शंकरको अगाडी धेरै कुरा भन्ने चाहाना रहेको भए पनि त्यहाँ नभएकोमा दुख ब्यक्त गरे । आफू बोलेर शंकर कार्यक्रमबाट निस्केका थिए ।


प्रतिक्रिया दिनुहोस्