हर्डविरुद्ध मुद्दा जितेपछि जोनीलाई पुनः पाइरेट्स अफ क्यारेबियनबाट ३ सय मिलियनको अफर!

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ००


काठमाडौं। सन् २००३ यता हलिउड चलचित्रको सिरिज ‘पाइरेट्स अफ क्यारेबियन’ विश्वभर निकै चर्चित बन्यो।

सन् २०१८ सम्म आइपुग्दा जोनी डेप सो चलचित्रको प्रमुख पात्र थिए। उनले लगातार पाँच सिरिजमा मुख्य भूमिका निर्वाह गरे।

तर जब उनीमाथि उनका पूर्व पत्नी एम्बर हर्डले घरेलु हिंसा र बलात्कारको मुद्दा दायर गरिन् डेपबाट यो चलचित्रका निर्माता पछाडि हट्यो।

चलचित्रमा असर गर्ने भएकाले डेपलाई चलचित्रबाट हटाइएको अवस्था थियो।

तर केही समय अगाडि मात्र यो मुद्दामा डेप निर्दोष ठहरिए। यससँगै पाइरेट्स अफ क्यारेबियनमा उनी पुनः अनुबन्ध भएका छन्।

छैटौं सेरिजका लागि जोनी डेपलाई ३ सय मिलियन अमेरिकी डलरभन्दा बढीको प्रस्ताव गरिएको डेली मेलले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्