‘मनि लन्ड्रिङ’ मामिलामा अभिनेत्री ज्याकलिन माथि फेरि सोधपुछ

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ५०


दिल्ली। भारतकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डिजमाथि मनि लन्ड्रिङ मामिलामा फेरि सोधपुछ भएको छ।

ज्याकलिनले व्यापारी प्रेमी सुकेश चन्द्रशेखरबाट महँगा उपहारहरु पाएका थिए। सुकेशमाथि कालोधनलाई वैध बनाउन खोजेको आरोप लागेको छ।

उनी सोही विषयमा जेलमा छन्। सोमबार ज्याकलिनलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेको हो। उनको बयान रेकर्ड गरिएको छ।

यसअघि गत अप्रिल महिनामा ज्याकलिनको ९ करोड २७ लाख भारु यसै मामिलामा जफत भएको थियो।

सुकेशको विवाह भइसकेको छ। यो घटनापछि ज्याकलिन र सुकेशको अन्तरंग फोटोहरु सार्वजनिक भएको थियो।

Cheater Sukesh, who sends a private plane every time to summon the  mistress; Last Prison | Jacqueline Fernandez for a private jet sent by  Conman Sukesh Chandrashekhar - filmyzoo - Hindisip


प्रतिक्रिया दिनुहोस्