रामकुमारीलाई रुवाएर कस्तो समाजवाद?: पौडेल

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : २८


काठमाडौं । सहरी विकासमन्त्रीबाट बिदा हुँदा नेकपा (एकिकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री आइतबार भावुक बनिन्।

झाँक्रीको रुवाईबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्। यसैबीच, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको प्रवृत्ति अझै सामन्ती रहेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने ‘चार दिन काम गर्न नपाएका मन्त्रीलाई हटाउनुपर्ने। सबैको पालो पुर्‍याउनुपर्ने पनि कतै हुन्छ? समाजवादको कुरा गर्दा रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ? हामी समाजवादको नारा फलाक्ने तर घोर प्रतिक्रियावादी कामहरू गर्ने? यसरी चल्दैन। नेता, कार्यकर्ता सबैको संस्कार बदल्नुपर्छ तब मात्रै समाजवाद आउँछ’।’

नारा समाजवादको दिए पनि व्यवहार घोर प्रतिक्रियावादी रहेको भन्दै उनले अब संस्कार बदिलिनुपर्ने, नेताहरु बदलिनुपर्नेमा जोड दिए।

यस्तै नेता पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले समाजवादको जग भत्काउन खोजेको पनि आरोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस्