हिंस्रक झडप भएको लद्दाख नजिकै चीनले बढायो सैन्य क्षमता, तैनाथ गर्दै शक्तिशाली हतियार!

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : २९


काठमाडौं। भारत र चीनबीच पूर्वी लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल ‘एलएसी’मा सन् २०२० यता लगातार गतिरोध जारी छ।

सन् २०२० को जुन १५ मा एलएसीमा अवस्थित गलवान उपत्यकामा चीन र भारतका सेना हिसं्रक झडपमा उत्रिएका थिए। सो झडपमा भारतका २० र चीनका ५ सेनाको मृत्यु भएको थियो।

दुवै देशका सेनाले हालसम्म पनि एकअर्कालाई एलएसीको नियम तोडेर आफू नियन्त्रित क्षेत्रमा घुसेको आरोप लगाउँदै आएका छन्।

Galwan Valley clash | China releases visuals of bloody face-off

यस क्रममा धेरैपटक दुवै देशका कमाण्डरबीच शान्ति स्थापना गर्ने वार्ता भएता पनि त्यो सफल हुन सकेको छैन।

एलएसी भारत र चीनबीचको सो सीमा क्षेत्र हो जसको पूर्ण रुपमा सिमाकंन भएको छैन। सिमांकन नभएता पनि सो क्षेत्रमा दुवै देशका सेना जान पाउँदैनन् सो क्षेत्रमा गोलाबारी गर्न पाउँदैनन्। बारम्बार दुवै देशका सेना सो क्षेत्रमा घुस्ने गरेकाले त्यहाँ झडप हुँदै आएको छ।

सन् २०२० मा सो क्षेत्रमा गोलाबारी त भएको थिएन तर दुवै देशका सेना ढुंगा, भालासहित झडपमा उत्रिएका थिए।

Iron rods, spiked nail sticks: With Chinese PLA's savagery at its peak,  Indian Army is rethinking the no-guns treaty

चीनले बढाउँदै सैन्य क्षमता
भारतको अंग्रेजी पत्रिका द हिन्दुका अनुसार यतिबेला लद्दाख नजिकैको क्षेत्रमा चीनले सैन्य क्षमता बढाएको छ।

त्यहाँ सेनाको संख्या बढ्दै गएको देखिएको छ भने चिनियाँ सेनाले लामो दुरीमा मार हान्नसक्ने क्षेप्यास्त्र, रकेट प्रणाली र आधुनिक रक्षा प्रणाली तैनाथ गरेको छ।

खबरअनुसार चीनले लडाकु विमान अवतरण गराउने रनवे बनाएको छ। द हिन्दुका अनुसार सन् २०२० मा चिनियाँ क्षेत्रको एलएसी नजिक २० हजार सेना बस्ने स्थान मात्र थियो।

तर यतिबेला सो क्षेत्रलाई बढाएर त्यहाँ एक लाख २० हजार सेना राख्न सकिन्छ।

चीनले एलएसी नजिक उर्जाको लागि विद्युत परियोजना पनि सुरुवात गरेको छ। जाडोमा चिनियाँ सेनालाई लद्दाख नजिकैको क्षेत्रमा सो उर्जाका कारण न्यानो मिल्नेछ।

चीनले भारतीय सीमा नजिक आधुनिक गाउँ पनि बनाइरहेको बताइएको छ।

China's PLA upgrades its forces along the disputed border with India | ORF


प्रतिक्रिया दिनुहोस्