‘मोडल हन्ट नेपाल’ को अडिसन सुरु, १८ देखि २८ वर्ष उमेरका युवायुवती सहभागी हुने

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ३ : २९


काठमाडौं। ‘मोडल हन्ट नेपाल २०२२’ को अडिसन काठमाडौंबाट सुरु भएको छ।

नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले दिएको जानकारीअनुसार अडिसन ९ जुलाईसम्म चल्नेछ।

जहाँ देशभरका १८ देखि २८ वर्षका युवा युवतीले सहभागिता जनाउन पाउनेछन्।

अडिसनबाट छानिएका प्रतियोगिताको जानकारी ९ जुलाईको अन्तिम अडिसनपछि सार्वजनिक गरिनेछ।


प्रतिक्रिया दिनुहोस्