नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठले गरे २ महत्वपूर्ण निर्णय

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ५१


काठमाण्डौँ ।नेकपा एकिकृत समाजवादीबाट आइतबार मन्त्री भएर सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका जीवनराम श्रेष्ठले पदभार ग्रहण गर्दै २ महत्वपूर्ण निर्णय गरेका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले २ महत्वपूर्ण निर्णय गरेका हुन् । मन्त्री श्रेष्ठले कोरोनाबाट प्रभावित भएको पर्यटन क्षेत्र उकास्न र काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गको निर्माण गर्नेबारे निर्णय गरे ।

कोभिड (१९ ) को महामारीबाट पर्यटन क्षेत्रमा परेको असरबारे विभिन्न अध्ययन प्रतिवेदन बनेको थियो । त्यसलाई कार्ययोजनाको रूपमै अगाडि बढाउन समिति गठन गरेको उनले बताएका छन् । यस्तै यो वर्षको बजेटमा परेको हनुमानढोकादेखि स्वयम्भू सम्मको पदमार्गको निर्माणको काम अगाडि बढाउने पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्