मेरो कामको रफ्तार तीन/चार सय स्पिडमा हुनेछः नवनियुक्त मन्त्री चौधरी

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ४१


काठमाण्डौँ । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले रफ्तारमा काम गर्ने बताएका छन् ।

शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री चौधरीले चुनाव नजिकै भएकाले तीन सयदेखि चार सयको स्पिडमा काम गर्नु पर्ने अवस्था आएको बताए ।

आफ्नो मन्त्रालयको कामलाई चुस्तदुरुस्त बनाउन शहरमा विकास प्राधिकरण आवश्यक भएकाले त्यसको लागि सुरुदेखि नै पहल थाल्ने उनको भनाई छ । चौधरीसहित नेकपा (एकीकृत समाजवादी) का चार जना नयाँ मन्त्रीले सपथ लिएका छन्।


प्रतिक्रिया दिनुहोस्