काठमाडौं। बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन्।
आलिया र रणबीर कपुरले दुई महिना अगाडि अप्रिल १४ मा विवाह गरेका थिए।
विवाह गरेको छोटो समयमै आलिया गर्भवती भएकी हुन्। उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको घोषणा गरेकी छन्।
उनले सोमबार इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै लेखेकी छन्,‘हाम्रो बच्चा छिट्टै आउँदैछ।’
तस्बिरमा आलिया र रणवीर कपूर अस्पतालमा स्क्यान हेर्दै गरेको देखिन सकिन्छ।
View this post on Instagram