ब्राजिलियन रोनाल्डिन्होको टोलीलाई नेपालका रोहित चन्दको टिमले पराजित गर्यो (भिडिओ)

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : ३०


काठमाडौं। विश्व फुटबलको चर्चित नाममध्ये एक नाममा पर्दछ रोनाल्डिन्हो। हँसिला रोनाल्डिन्होले ब्राजिलको तर्फबाट सन् २००२ मा विश्वकप जितेका थिए।

उनको खेल कौशल ज्यादै उत्कृष्ट थियो जसकारण उनले बार्सिलोना, पीएसजी, मिलानजस्ता टोलीबाट खेले बालुन डि’ओर पनि हात पारे। हाल उनी ४२ वर्षका भए।

उनी व्यवसायिक क्लबबाट रिटायर्ट भइसकेका छन्। उनी फुटसल तथा अन्य सहयोगार्थ मैत्रीपूर्ण खेलहरु भने खेलिरहेका हुन्छन्।

यस क्रममा रोनाल्डिन्होको टोलीको विरुद्धमा नेपालका रोहित चन्दले हालै खेल्ने मौका पाएका छन्। सो मैत्रीपूर्ण खेलमा रोनाल्डिन्होको टोलीविरुद्धको रोहितको टोलीले ४–२ को जित हात पार्न सफल भयो।

इन्डोनेसियामा भएको खेलमा निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा रोहितको पेरसिक केदिरी क्लबले ४ गोल हान्यो भने रोनाल्डिन्होको नुसनतारा क्लबले २ गोल मात्र हानेको थियो।

(भिडिओ)

 


प्रतिक्रिया दिनुहोस्