एफवान इन स्कुल कार्यक्रममा राखेप सदस्य सचिव

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : ५४


काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक फर्मुला वान इन स्कूल्स कार्यक्रम शुरु गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्गले सो कार्यक्रमको आज एक समारोह विचमा शुभारम्भ गरे ।

नेपालका १० वटा इन्जिनीयरिङ्ग, साइन्स र ब्यबस्थापन कलेजका सय जना गल्र्स छात्राहरु सहभागी सो कार्यक्रममा दिपक थापा, मन्चन तिवारी, विपिन गौतम, आशिष लामिछाने, सुयोग खनाल लगायतले फर्मुला वान, कार्ट्स रेसिंग, स्पोर्ट्स म्यानेजमेन्ट, सडक सुरक्षा र व्यक्तित्व विकास जस्ता विषयमा अभिमुखीकरण तथा तालिम दिएका छन ।

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा सम्पन कार्यक्रममा मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघका काउन्सील मेम्बर गोविन्द भट्टराई , नेपाल ओलम्पिक कमिटिका सदस्य रमेश सिवाकोटी, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतका पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

काठमाडौँ इन्जिनीयरिङ्ग कलेजका अध्यक्ष हिरण्य मान प्रधान, नासा नेपालका उपाध्यक्ष अनिल बराल तथा सदस्य दिप्रस शाक्य, नासा नेपालका परियोजना तथा वैदेशिक मामिला म्यानेजर सुवास भट्टराई र ब्रान्डिङ्ग अफिसर सौगात राजभण्डारी समेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सदस्य सचिव घिसिङ्गले नासा नेपालको सक्रियताको उच्च प्रशंसा गर्दै आगामी दिनमा राखेपको निरन्तर सहयोग रहने प्रतिबद्घता जनाए ।


प्रतिक्रिया दिनुहोस्