सूर्या र ज्योति लाइफका अध्यक्षले गरे मर्जरको सहमतिपत्रमा हस्ताक्षर

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : १४


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । संझौतापत्रमा हस्ताक्षर लगत्तै दुबै कम्पनीका अध्यक्षले कर्मचारी नहटाउने सहमति भएको जानकारी दिएका छन् ।

दुबै कम्पनीका अध्यक्षले यो प्रारम्भिक सहमति भएको भन्दै डिडिए पछि मात्रै स्वाप रेसियो तय हुनुका साथै मर्जरका बाँकी काम तय हुने सहमति गरेका छन् ।

मर्जर पछि दुई बीमा कम्पनीको पूँजी कोष ६ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ । हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने ज्योति लाइफको २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यहि बराबरी हैसियतमा मर्जर भयो भने चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्