इलाममा सडकबाट जिप खस्दा ३ जनाको मृत्यु

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : ३७


इलाम । गुडिरहेको जिप सडकबाट खस्दा इलाममा ३ जनाले ज्यान गुमाएका छन् । आइतबार मध्याह्न १२ बजे पाँचथरको रबिबाट झापाको दमकका लागि छुटेको मे १ ज ४८७ नं. को जिप माङसेबुङ गाउँपालिका २ दहगाउँको सडकबाट करिब २ सय मिटर तल झरेको थियो ।

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राई छन् । हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक समान्य घाइते छन् ।

हिमप्रसादले रिजर्भ लिएर बुलेर झापाको दमकतर्फ लिएर गएका थिए । जयकुमार भने माङसेवुङको रक्सेमा मलामी जानका लागि त्यही गाडीमा चडेको माङसेवुङ २ स्थित प्रहरी चौकीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्