मन्त्रीबाट बिदा हुँदा रोइन् रामकुमारी झाँक्री

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : २४


काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन्।

मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन्।

पत्रकार सम्मेलनमा उनी लामो समयसम्म कागजमा घोत्लिँदै झोक्राएकी थिइन्।

पटक पटक नेपकिनले आँखा पुछेकोसमेत देखिएको थियो। आँखामा गाजल लतपतिएको थियो।

भावुक भएका कारण आफूलाई बोल्न कठिनाइ पर्ने भन्दै उनले वातावरणलाई अलि रमाइलो बनाउने प्रयास गरेकी थिइन्। पत्रकारहरुलाई झाँक्रीले आफूलाई रिस उठ्ने प्रश्न सोध्न समेत आग्रह गरिन्।

उनी आवद्ध दल नेकपा (एकिकृत समाजवादी)ले फिर्ता बोलाएपछि झाँक्री सरकारबाट फिर्ता भएकाी हुन।


प्रतिक्रिया दिनुहोस्