आलेले भने- ‘केपी ओलीले त्यत्तिकै मन्त्री बनाएका थिएनन् मलाई’

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : २१


काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले आफू सक्षम भएकै कारण एमालेका अध्यक्ष केपी ओलीले वनमन्त्री बनाएको बताएका छन् । आलेले आफ्नो निर्वाचन क्षेत्र डोटीबाट प्रत्यक्षतर्फ दुईदुई पटक चुनाव जितेको कारण ओलीले मन्त्री बनाएको बताएका हुन् । सरकारबाट बाहिरिने क्रममा आलेले आफ्ना उपलब्धिबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका थिए ।

सोही कार्यक्रममा पत्रकारले तपाईको बाटो अब कता भनेर ? प्रश्न राखेका थिए । आफ्नो यात्राबारे प्रष्ट्याउन नसकेका आलेले सोही क्रममा  केपी ओलीलाई सम्झिएका हुन् ।  तर ओलीको पालामा वनमन्त्री हुँदा भने तत्कालिन अर्थमन्त्री रहेका विष्णु पौडेलले सहयोग नगरेको बताए । अर्थ मन्त्रालयमा बसेर चुरे दोहनमा पौडेल लागेपछि आफूले डटेर विरोध गरेपछि पछि प्रधानमन्त्री रहेका ओलीले पनि असहयोग गरेको बताए । पार्टी अध्यक्ष माधव नेपालले आफूलाई पर्यटनमन्त्री बनाएकोमा धन्यबाद दिँदै उनले अब पनि पार्टीमा जिम्मेवार भएर काम गर्ने बताए । मन्त्री पद आफ्नो लागि कहिल्यै प्रधान नभएको बताएका आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्