जनताले मलाई ‘एक्सन मन्त्री’ को नाम दिँदा खुसी लाग्योः आले

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : ०२


काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले जनताले ‘एक्सन मन्त्री’ नाम दिएकोमा खुसी ब्यक्त गरेका छन् । मन्त्री पदबाट राजीनामा पत्र पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइसकेका मन्त्री आलेले आफ्ना उपलब्धि सार्वजनिक गर्ने क्रममा गरेको पत्रकार सम्मेलनमा सो खुसी व्यक्त गरेका हुन् ।

मन्त्री पदको सपथ खानेवित्तिकै एक्सनमा उत्रेका आलेले पशुपतिनाथको धर्मशालामा भएको बदमासी, नारायणहिटी दरबारकोे क्याफ्टेरिका निर्माण लगायतमा एक्सनमा काम गरेका थिए । उनी ८ महिना २० दिन काम गरी मन्त्रालयबाट विदा भएका छन् ।

उनले सुरुमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको शौचलयको छड्के अनुगमन गर्ने लगायतका काम गरेर चर्चामा आएका थिए । उनले अहिले आफ्नो कार्याकालमा भएका महत्वपूर्ण उपलब्धिको बारेमा जानकारी दिइरहेका छन् ।  यद्यपि देउवाले यसको अन्तिम निर्णय गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस्