रामकुमारी र प्रेम आलेले पार्टी अध्यक्षलाई बुझाए राजीनामा!

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ५ : ००


काठमाडौं । सरकारका कुनै पनि मन्त्रीपरिषद्का सदस्यले राजीनामा बुझाउँदा मन्त्रिमण्डलका अध्यक्ष अर्थात प्रधानमन्त्रीलाई बुझाउनुपर्छ। तर, नेकपा एकीकृत समाजवादी(एस)बाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वके सरकारमा रहेका २ मन्त्रीले आफ्नो पार्टीको अध्यक्षलाई राजीनामा बुझाएका छन्।

आज बिहान मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफूले राजीनामा दिएको बताएका थिए। यसैबीच, शहरी विकासमन्त्री रामुकारी झाँक्रीले पनि राजीनामा दिएकी छन्।

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएको बताइएको छ।

मन्त्री झाँक्रीलाई शहरी विकास मन्त्रालयले आइतबार अपराह्न विदाइसमेत गरेको छ। नेकपा एसले पार्टीबाट सरकारमा गएका सबै मन्त्रीलाई फिर्ता आउन आग्रह गर्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस्