जसले ४० वर्षमा ४४ सन्तान जन्माइन्,तर श्रीमान् घर छोडेर भागे

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ५५


एजेन्सी । एक जना महिलाले कतिसम्म सन्तान उत्पादन गर्न सक्छिन् ? सामान्यतया सबैलाई लाग्छ बढिमा १२ । १५ जना । तर युगाण्डाकी एक महिलाले ४४ जना बच्चा जन्माएको अनौठो खबर छ । त्यो पनि  ४० बर्षमा ।
एनवाई पोस्टकाअनुसार ४४ सन्तान जन्माउने यी आमाको नाम मरियम नबातान्ज हो । उनी पूर्वी अफ्रिकाको युगान्डामा बस्छिन् । हाल उनी ४३ वर्षकी भइन् र उनले ४० वर्षको उमेरसम्म ४४ बच्चालाई जन्म दिइसकेकी एनवाई पोस्टले जनाएको छ ।

यी महिलाले परिवार नियोजनबारे सोच्दा डाक्टरले उनलाई यसका कुनै पनि तरिकाले उनीमाथि काम नगर्ने र यसले स्वास्थ्य सम्बन्धि गम्भीर समस्या पनि निम्तिन सक्ने जानकारी दिएका छन् ।

मरियमले एकपटक मात्रै एउटा बच्चा जन्माइन् । उनले चार पटक जुम्ल्याहा, पाँच पटक तीनजना र चार पटक पाँच सन्तानलाई जन्म दिइन् । उनको ६ सन्तानको मृत्यु भइसकेको छ । अहिले जीवित ३८ बच्चामा २० छोरा र १८ छोरीहरु छन् । यी सन्तानलाई उनले एक्लै पालिरहेकी छिन् ।

मरियम १२ वर्षको हुँदा उनका आमा–बुवाले उनलाई विवाहको बहानामा बेचिदिएका थिए । १३ वर्षको उमेरमा उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् । पहिलो सन्तानको जन्मपछि मरियमलाई महसुस भयो कि उनको फर्टिलिटी अन्य महिलाको भन्दा बढी छ । उनले लगातार यति धेरै बच्चा जन्माउन थालेपछि उनी डाक्टरलाई भेट्न गइन् र डाक्टरले उनलाई उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिए ।

डाक्टरले मरियमलाई उनको डिम्बाशय असामान्य रुपमा ठूलो भएका कारण उनको शरीरमा हाइपर ओभ्युलेशन नामक स्थिति भएको जानकारी दिए । हाइपर ओभ्युलेट स्थिति वंशानुगत हुन्छ । यो स्थितिमा अत्यधिक बच्चा जन्माउने सम्भावना थुप्रै गुणा बढ्ने गर्छ ।

युगान्डाको राजधानी कम्पालास्थित मुलगो अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा। चार्ल्स किगगुन्ड्डुले मरियमको स्थितिबारे जानकारी दिएकी छिन् । उनका श्रीमान् भने सन् २०१६ मा भागेको बताइएको छ । मरियमका श्रीमान् सन् २०१६ मा घरबाट सबै पैसा लिएर भागेका थिए ।


प्रतिक्रिया दिनुहोस्