काठमाडौंमा हैजा संक्रमित हुनेको संख्या १० पुग्यो

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ३६


काठमाडौं । काठमाडौंमा हैजा संक्रमितको बिरामीको संख्या १० पुगेको छ।

नैकाप र पाटनमा थप एक–एक जना हैजा पुष्टि भएसँगै बिरामीको संख्या १० पुगेको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ। चिकित्सकहरले सर्तकता अपनाउन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्