जिसस रौतहटको चुनावमा गठबन्धनको जित

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : २३


रौतहट । जिल्ला समन्वय समिति रौतहटमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार प्यानलले जित हासिल गरेको छ । १८ स्थानीय तहको कुल ३६ मतमा कांग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादव २६ मत प्राप्त गरी विजयी बनेका हुन् । उपसभापतिमा एकीकृत समाजवादीका महेश बैठाले २५ मत प्राप्त गरेर जित हासिल गरे । सत्ता साझेदार जसपा जिससको निर्वाचनमा बाहिर बसेको छ ।

सदस्यतर्फ कांग्रेसका अशोककुमार झा, इन्दु देवी, बिजुलिया पाश्वान र शेख मोज्जमिल समान २५ मत प्राप्त गरी विजयी बनेका छन्।

अन्य सदस्यमा समाजवादीका किरण देवी पण्डित, सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल विजयी भएको कांग्रेसका नेता अर्जुन यादवले जानकारी दिए ।

एमालेबाट सभापति पदका उम्मेदवार शेरबहादुर पटेलले पाँच मत प्राप्त गरे । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा गठबन्धनको २४, एमालेको पाँच र जसपा(लोसपाको सात मत थियो ।


प्रतिक्रिया दिनुहोस्