‘लू’ उपन्यासमा फिल्म निर्देशन गर्दै प्रदिप भट्टाराई

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : २६


काठमाडाैं । कारो फिल्म्स् ब्यानर ले नयन राज पाण्डे को चर्चित ‘लू’ उपन्यासमा फिल्म बनाउन लागेको छ । यसको निर्देशन प्रदिप भट्टराई ले गर्ने भएका छन् । निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराई बीच फिल्म निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।

निर्देशक भट्टराई ले जात्रा, जत्रै जात्रा, सत्रु घते जस्ता उत्कृष्ट सफल फिल्म को निर्देशन तथा निर्माण गरेका छन् । ‘लू’ उपन्यास उत्कृष्ट बिक्रेता भएको किताब हो र यो उपन्यास पढाई मा जति रोमान्चक छ फिल्म हेर्दा पनि तेतिकै नै मज्जा आउने भएको छ। एउटा पुरा प्याकेज बन्ने बताइएकाे छ ।

राम्रो सेन्स अफ ह्युमर भएको यो उपन्यास मा बच्चा देखि बृद्धा ले हेर्ने मिल्ने समेत बताइएकाे छ । यसमा नेपाल र भारत को सिमा को पनि बिषय उठेको छ। दर्शकलाई मनपर्ने कथा, बिषय, ह्युमर सबै उपन्यास ले समेटेको छ ।

यो कारो फिल्म्स ब्यानरको मुख्य उद्देश्य नेपाली फिल्मलाई अर्को उचाई मा लाने कम्पनी को धारणा छ र एस्तो नेपाल को बिसय बस्तु पनि संसार ले हेर्नु पर्ने भन्ने भनाइ छ । साथै कारो फिल्म्स ले यो लगायत अरु पनि बिग बजेट फिल्म्स बनाउने छ।


प्रतिक्रिया दिनुहोस्