बंगलादेशले समुद्रमाथि बनाएको पुल, माथि ‘गाडी’ र तल ‘रेल’ गुड्छन्

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ०१


काठमाडौं । समुद्रमाथि बंगलादेशले बनाएको पुलको चर्चा हुन थालेको छ । तल रेल र माथि गाडी गुड्ने गरी बंगलादेश सरकारकै लगानीमा बनाइएको ६ दशमलव १५ किलोमिटर लामो पुल चार लेनको पुलको विश्वमा चर्चा हुन थालेको हो ।

‘पद्मा ब्रिज’ नाम रहेको सो पुलको शनिबार प्रधानमन्त्री शेख हसिनाले उदघाटन गरेकी छिन् । राष्ट्रिय गौरवको यो पुल उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री हसिनाले पुल बनाउने सहयोग गर्ने सबैलाई धन्यबाद दिइन् । यो पुल बंगलादेशकै सबैभन्दा लामो पुल हो । पुलले दक्षिण पश्चिमका २१ जिल्लालाई राजधानी ढाकासँग जोड्ने छ । ३ दशमलव ६ बिलियन डलरमा निर्माण गरिएको पुलमा रेल भने सिंगल ट्रयाकमा चल्ने छन् ।

यस परियोजनामा शुरुमा विश्व बैंकले लगानी गर्ने भनिएको थियो । तर यो बंगलादेशका अधिकारीहरुबीच उच्चस्तरीय भ्रष्टाचारको प्रमाण हो भन्दै विश्व बैंक सन् २०१२ मा पछि हटेको थियो । त्यसपछि एडीबी, जाइका पनि बाहिरिएका थिए ।

बंगलादेशका अधिकारीहरुले भने भ्रष्टाचारको आरोपको खण्डन गर्दै आएका थिए । सन् २०१५ मा बंगलादेशले यो पुलको निर्माण थालेको थियो । यसको जग नदीको सतहभन्दा १२२ मिटर गहिरो छ । विश्वकै सबैभन्दा गहिरो जगमा बनेको पुल हो । यो पुल ९ रेक्टरसम्मको भूकम्पलाई धान्न सक्ने क्षमताको रहेको प्राविधिकहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्