ग्यारेथ बेल अमेरिकी क्लव लस एन्जलसमा अनुबन्धित हुँदै

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ५१


काठमाडौं । विशवप्रसिद्ध फुटवल खेलाडी ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने भएका छन् । वेल्सका कप्तान तथा फरवार्डसमेत रहेका बेललाई एमएलएस क्लबले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।

बेलले एक सिजनका लागि लस एन्जलससँग सम्झौता गर्न सहमति जनाएको बताईएको छ । स्पेनिस क्लब रियल मड्रिड छाडेपछि बेल क्लबविहीन थिए ।

३२ वर्षीय बेलले ९ वर्ष रियलमा बिताएर सिजनको अन्त्यसँगै क्लब छाडेका हुन् । उनी सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएको थिए ।

उनले रियलका लागि २ सय ५८ खेलमा १ सय ६ गोल गर्नुका साथै ६७ गोलको अवसर सिर्जना गरेका छन् । यस अघि लस एन्जलसले इटालीका पूर्व डिफेन्डर तथा पूर्व कप्तान जर्जियो केलिनीलाई अनुबन्ध गरिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस्