रिलायन्स लाइफका २ जना बिमा अभिकर्ता अमेरिका प्रस्थान

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ४९


काठमाडाैं । मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका २ जना बिमा अभिकर्ता अमेरिका प्रस्थान गरेका छन । नमीता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका हुन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सका रहेका कम्पनीले जनाएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी उनीहरूलाए बिदाई गरेको छ । सो कार्यक्रममा उनीहरलाइ दोसल्ला ओढाई सम्मान गनुका साथै राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरिएको थियो ।

आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताहरुको माझ उपस्थिति जनाउन जान लागेकाे बताउँदै कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बिमा माझ प्रस्तुत गरेर बिमाक्षेत्रको बिकासमा योगदान दिन अनुरोध गरेका थिए । बिमाकर्मी नमीता न्योपानेले आफु सदैव बिमा क्षेत्रको बिकासमा लागिरहने बताएकी छिन ।

रिलायन्स लाइफका अग्रणी अभिकर्ता श्री नमीता न्यौपाने यसअघि पनि ३ पटक ःम्च्त् तथा ऋइत् को रुपमा सो कार्यक्रममा छनौट भइसक्नुभएको थियो भने अर्का अभिकर्ता श्री कमल दाहाल दोश्रो पटक सो कार्यक्रममा छनौट हुनुभएको हो । सक्रिय सामाजिक अभियन्ता न्यौपाने तथा सहकारीकर्मी समेत रहेका दाहाल नेपाली बिमा क्षेत्रका उत्कृष्ट अभिकर्ता तथा धेरै बिमाकमीका प्रेरणाको श्रोत रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्