नागरिकता विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्छ– सभामुख सापकोटा

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : २५


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्ने बताएका छन् ।

आइतबार बिहान काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा सहभागी हुँदै सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको र यसलाई चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने( ‘नागरिकता विधेयक अड्किएका कारण दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको छ । यही सदनबाट पास गर्नुपर्छ । आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ ।’ संसद् तीन करोड नेपाली जनताको आवाज प्रस्फुटन गराउने थलो भएको उनको भनाइ छ ।

साथै सभामुख सापकोटाले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको बताएका छन् । ‘संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नु पर्छ, निरन्तर निरन्तर बनाइराख्नुपर्छ, सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले ।’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्