एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत एयरलाइन टिकट बुकिङमा २० प्रतिशत ‘क्यास व्याक’

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : २२


काठमाडाैं । एनआइसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले आज (असार १२) देखि आगामी १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआईसी एसिया मोबैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् ।

डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एसिया मोबैंक मार्फत टिकट बुकिङमा ग्राहकहरुले पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एवं दोस्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।

एनआइसी एशिया बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको बैंकले जनाएकाे छ ।

गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई एनआइसी एशिया बैंकले भुक्तानी गरिसकेको जनाएकाे छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएकाे छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।


प्रतिक्रिया दिनुहोस्