डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजालाई

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १० : ५४


काठमाडौं। टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को उपाधी छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ।

यस्तै प्रीति आले मगर र शेखर घर्ती मगरको जोडी फस्र्ट रनरअप र प्रमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो।

शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा तीन जोडीले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए।

प्रीति आले मगर र शेखर घर्ती मगर, छिरिङ शेर्पा र सरोज प्रजा तथा प्रमिता राणा र जेडी तमुको जोडीबीच प्रतिस्पर्धा गरेका थिए। विजेता भएसँगै सो जोडीले १५ लाख रुपैयाँ नगद प्राप्त गरेको छ।

गत चैत ११ गतेदेखि सुरु भएको शोमा १२ जना चर्चित सेलिब्रिटी जोडीबीच प्रतिस्पर्धा भएको थियो। विभिन्न क्षेत्रमा स्थापित सेलिब्रिटीले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गरेका थिए।

अभिनेत्री गौरी मल्ल, अभिनेता दिलीप रायमाझी र नृत्य निर्देशक रेनशा बान्तवा राई निर्णायकको रुपमा थिए।


प्रतिक्रिया दिनुहोस्