भिडिओ गेम प्रेमी नेमारलाई पीएसजी राख्न चाहँदैन क्लबमा, भन्छः नेमारमा जित्ने आत्मबल छैन

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ०३


काठमाडौं। युवा स्टार केलिएन एमबाप्पे रियल मड्रिड जान चाहन्थे तर पीएसजीले उनलाई राम्रो तलब दिएर फकायो।

क्लबमा विश्वकै सबैभन्दा महँगा खेलाडी नेमार जुनियर पनि छन्। त्यसमाथि क्लबमा अर्का स्टार खेलाडी लियोनल मेस्सी गत सिजनदेखि थपिएका छन्।

यसरी स्टार खेलाडीहरु क्लबमा भएपछि पीएसजीलाई खर्च कटौतीको दबाब परेको छ। नेमारलाई सन् २०१७ मा सर्वाधिक महँगो खेलाडीको रुपमा पीएसजीले बार्सिलोनाबाट भित्र्याएको थियो।

नेमारको उपस्थितीपछि पीएसजीले च्याम्पियन्स लिग जित्ने सपना देखेको थियो तर त्यो चार सिजन गइसक्दा पनि पुरा हुन सकेको छैन।

यतिबेला सन् २०२२–२०२३ को नयाँ सिजन सुरुवात हुन लाग्दा पीएसजीका मालिक नासर अल–खेलाफीले नेमार अब पीएसजीमा फिट नभएको प्रतिक्रिया दिएका छन्।

उनका अनुसार नेमारमा जित्छु भन्ने आत्मबल नै छैन। उनले भनेका छन्,‘हामी युवा प्रतिभाशाली खेलाडी भित्र्याउन चाहन्छौं जसमा जित्ने मानसिकता होस्।’

यद्यपी ३० वर्षे नेमारको रिलिज क्लब २५० अमेरिकी डलर हो। जसकारण नेमारलाई यस सिजन खरिद गर्न कुनै क्लबले आट नगर्ला। त्यसैले उनी यस सिजन पनि पीएसजीमै रहन सक्छन्।

उनको यसैवर्ष पीएसजीसँगको सम्झौता सकिँदैछ। अर्कोवर्ष क्लबले राख्न चाहेन भने नेमार फ्रि–ट्रान्सफरमा कुनै क्लब जानेछन्। यदी राख्न चाह्यो भने पीएसजीले नेमारलाई कम तलब प्रस्ताव गर्ने निश्चित छ।

नेमार घाइते भइरहने भएकाले पनि क्लबले उनीबाट लाभ लिन नसकेको अनुमान गरिएको छ। उता नेमारले फुटबलमा भन्दा बढी भिडिओ गेममा ध्यान दिने गरेको आरोप खेप्ने गरेका छन्। मार्का र एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्