इन्स्टाग्रामको एआई जसले पत्ता लगाउनेछ प्रयोगकर्ताको उमेर, १३ वर्ष मुनिकालाई अब सकस!

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : ३३


काठमाडौँ। विश्व चर्चित फोटो–भिडिओ सेयरिङ सामाजिक संजाल इन्स्टाग्रामले आफ्ना प्रयोगगकर्ताको उमेर पुष्टि गर्नको लागि एआईको प्रयोग गर्ने भएको छ।

सीएनबीसीका अनुसार ‘योती’ नामक प्रविधि कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गरेर इन्स्टागले आफ्ना प्रयोगकर्ताको उमेर पत्ता लगाउने योजना अगाडि सारेको छ।

एआईले प्रयोगकर्ताको फोटो र भिडिओ स्क्यान गरेर उमेर पत्ता लगाउने बताइएको छ।

खबरअनुसार बालबालिका र वयस्क चिन्न सकियोस् भनेर इन्स्टाले यस्तो एआई प्रयोग गर्न लागेको हो। कम्पनीका अनुसार आधिकारिक रूपमा इन्स्टामा खाता खोल्न १३ वर्ष पुगेको हुनुपर्छ।

उमेर छलेर इन्स्टाग्राम खोलिए अथवा अब उमेर बढाउन वा घटाउन खोजीले कम्पनीले त्यो कार्य निगरानी गर्नेछ।

द भर्जको खबरअनुसार हाल १३–१९ वर्षकाहरूले इन्स्टामा उमेर सम्पादन गर्न खोजेमा इन्स्टाले उमेर प्रमाणित गर्न आदेश दिन्छ। तिनले आफ्ना परिचय पत्रको फोटो खिचेर पठाए पुग्नेमा अब इन्स्टाले सोसल भाउचिङ र एआई एस्टिमेसन गरी दुईटा विकल्प थप्नेछ।

सोसल भाउचिङ रोजेमा इन्स्टाग्रामले तीन जना म्युचुअल फलोअरहरू माग्छ र ती तीनजनाले प्रयोगकर्ताको उमेर पुष्टि गरिदिनुपर्छ। म्युचुअल फ्लोअर पनि १८ वर्षभन्दा माथिको उमेरका हुनुपर्छ। उनीहरूले तीन दिनभित्र उमेर पुष्टि गरिदिनुपर्छ।

एआई एस्टिमेसन रोज्दा प्रयोगकर्ताले योती कम्पनीलाई सेल्फी भिडियो पठाउनुपर्नेछ। योतीले मसिन लर्निङको मद्दतले व्यक्तिको उमेर अनुमान गर्नेछ।


प्रतिक्रिया दिनुहोस्