एन्फाले अवैधानिक निर्णय सच्च्याउनुपर्छः पूर्वअध्यक्ष थापा

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ३ : २०


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले विधान मिचेर गरिएको निर्णयलाई एन्फाले सच्च्याउनु पर्ने बताएका छन् । एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले विधान विपरित नेपाली मुलका जर्मन नागरिक नविन पाँडेलाई अन्र्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेको थियो । उनले एन्फा विधानलाई प्रस्तुत गर्दै अवैधानिक रुपमा गरिएको निर्णय सच्चाउनुपर्ने बताएका हुन् ।

यो निर्णय एन्फा बिधानको धारा २४ को ३ विपरित गएको भन्दै विदेशी नागरिकलाई अन्र्तराष्ट्रिय सम्बन्ध विभागमा गरिएको नियुक्ति गर्न नहुने उनले बताए ।  एन्फा विधानको धारा २४ मा गैर नेपाली नागरिकलाई एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन नसक्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्