हतियार बोकेर युक्रेन उडेको रुसी कार्गो विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  २ : ५६


काठमाडौं। युक्रेनका लागि उडेको रुसको एक कार्गो विमान आपतकालीन अवतरणका क्रममा दुर्घटनाग्रस्त बनेको छ।

आईएल–७६ कार्गो विमान युक्रेनतर्फ उडिरहेको थियो। सो क्रममा विमानमा आगो लागेपछि विमान रुसी शहर र्याजनमा आपतकालीन अवतरण गर्न खोजिएको थियो।

दुर्घटनामा पर्दा सो विमानमा सवार चार जनाको मृत्यु भएको डेलीमेलले जनाएको छ।

सो विमान रुसी सेनाको लागि हतियार तथा अन्य सहायता सामाग्री बोकेर युक्रेन उडेको बताइएको छ।

इन्जिनमा समस्या भएपछि विमान दुर्घटनामा परेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्