रवि लामिछाने र रमेश खरेलबीच भेट, सहकार्यबारे छलफल

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  २ : ३६


काठमाण्डौँ । नयाँ दल खोलेर चर्चामा आएका रवि लामिछानेले आगामी दिनमा रमेश खरेलसंग सहकार्य गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले खरेलको नेपाल सुशासन पार्टीसंग सहकार्य गर्ने भएका हुन् ।

यस विषयमा उनीहरुबीच शुक्रबार छोटो भेटघाट भएको छ । रविका विश्वास पात्र दीपक बोहराले यस विषयमा आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन् ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ।’

लामिछानेले आफूसंग मिल्न सक्ने विचार र शक्तिसंग सहकार्य गर्ने रणनीति बनाएर भेटघाट तीव्र बनाएका छन् । तर पार्टी भने विवादमा छ । स्वतन्त्र शब्द राखेर पार्टी बनाएपछि निर्वाचन आयोगमा २ उजुरी परेका छन् । लामिछानेले यसै विषयमा शुक्रबार दिउसो ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्