काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा ‘ओप्पो ए-१६के’ को सार्वजनिक गरेको छ। दुई भेरियन्टमा सार्वजनिक भएको फाेनमा ६.५२ इन्चको इन्चको आईपीएस एलसीडी डिस्प्ले छ।
यो फोन मिडियाटेक एमटी ६७६५जी हेलियो जी २५ चिपसेट र एन्ड्रोइड ११ कलरओएस ११.१ अपरेटिङ सिस्टमद्वारा सञ्चालित छ।
फोनमा ५ एक्स जुम क्षमतासहित १३ मेगापिक्सेलको मुख्य क्यामेरा छ भने ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। त्यस्तै ४२३० एमएएच ब्याट्री क्षमता दिइएकाे छ।
३ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज भरियन्टको मूल्य १५ हजार ९९० रूपैयाँ ताेकिएकाे छ भने ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य १७ हजार ९९० ताेकिएकाे छ।