एकराजले भनेः राज्यमन्त्री वलीसँग साढे ६ लाख लिएको थिए, उहाँकै काममा खर्च भयो

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : ३५


काठमाडौं। केही समय अगाडि मात्र लुम्बिनी प्रदेशकी स्वस्थ्य राज्यमन्त्री विमला वलीले वाइसियलका नेता एकराज बस्नेतको घरमै गएर उनका श्रीमती र छोरीलाई हातपात गरेको खबर सार्वजनिक भएको थियो।

सो क्रममा वली मानसिक रुपमा विचलित भएको खबर पनि आएका थिए। वलीले एकराजकै घरमा गएर ‘मेरो एकराज खोई?’ भनेको एकराजकी श्रीमतीले बताएकी थिइन्।

सो क्रममा वलीले भने आफूले सापटी लगेको पैसाको बारेमा कुरा गर्न त्यहाँ गएको बताएकी थिइन्। आफूलाई एकराजको प्रेमिका भनेर आफूलाई फसाउने प्रयास भएको उनको भनाइ थियो।

सो घटनापछि यो विषयमा छलफल सुरुवात भएको थियो। सो क्रममा वली र वाइसियलका नेता एकराज बस्नेतका बीचमा साढे ६ लाखको लेनदेन भएको खुलेको छ।

राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित कार्यदलसमक्ष बस्नेतले सो विवरण प्रस्तुत गरेका हुन्। यद्यपी उनले आफूले सो रकम वलीकै आग्रहमा उनकै काममा खर्च गरेको पनि बताएका छन्।

रकमको लेनदेन आफूले गरेको हुँदा त्यसको जिम्मेवारी आफू भएको र वलीले घरमै गएर परिवार र छोरीमाथि गरेको व्यवहारप्रति वली सजायको भागिदार भएको पनि उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्