अमेरिकी संसदमा भारत विरोधी प्रस्ताव पेश, धार्मिक स्वतन्त्रता नभएको आरोप

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : १९


काठमाडौं। अमेरिकी संसदमा भारत विरोधी प्रस्ताव पेश भएको छ।

डेमोक्रेटिक पार्टीकी सांसद इलहान ओमारले सदनमा त्यस्तो प्रस्ताव पेश गरेको बीबीसीले जनाएको छ।

प्रस्तावमा भारतमा धार्मिक स्वतन्त्रता नभएको आरोप लगाइएको छ।

भारतमा धार्मिक स्वतन्त्रता अधिकारको अवस्था चिन्ताजनक भएकाले अमेरिकाले भारतलाई त्यस्ता अधिकार उल्लंघन गर्ने देशको सूचीमा राख्नुपर्ने ओमारको भनाइ छ।

यसअघि उमर पाकिस्तान नियन्त्रिता कस्मिरको भ्रमणमा गएकी थइन्। त्यसबेला भारतले उनको चर्को आलोचना गरेको थियो।

ओमारका अनुसार भारतमा मुस्लिम, क्रिश्चियन, दलित समुदाय पीडित छन्। हिन्दु बालुल समुदायबाट ती समुदाय प्रताडित भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्