सिद्धार्थ बैंककाे ऋणपत्र आजदेखि निष्काशन खुला

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : १८


काठमाडौँ । सिद्धार्थ बैंकले आजदेखि डिबेञ्चर (ऋणपत्र) बिक्रि खुला गरेकाे छ ।

बैंकले रु. १,०००/- अंकित दरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । कूल निष्काशनमध्ये २४ लाख कित्ता निजी अर्थात् व्यक्तिगत तबरले बिक्री गरिने र बाँकी १६ लाख कित्ता ऋणपत्र सर्बसाधारणका लागि छुट्याइएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।

ऋणपत्रमा छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । दश वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्