प्रसाइले भने-‘गगन फेलर राजनीतिज्ञ हो, उनीभन्दा पहिले म प्रधानमन्त्री बन्छु’

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : ५४


काठमाण्डौँ । मेडिकल ब्यवसायी तथा नेकपा एमालेका नेता दुर्गा प्रसाइले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई ‘फेलर राजनीतिज्ञ’ को संज्ञा दिएका छन् । एक टेलिभिजन कार्यक्रममार्फत् अब प्रधानमन्त्री बन्ने बताएका थापालाई टेलिभिजन कार्यक्रममार्फत् नै प्रसाइले केही गर्न नसकेको फेलर राजनीतिज्ञ भएको आरोप लगाएका हुन् ।

एपिवान टेलिभिजनबाट विहिबार राति प्रसारण भएको ‘प्रकाश सुवेदी शो’मा अन्तरवार्ता दिँदै उनले थापामाथि अनेक आरोप लगाउन भ्याए । उनले भने ‘गगनले भर्खर बुझ्नु हुँदै छ राजनीति । रवि, बालेनहरु जब च्यालेन्ज गर्न आए नि, बल्ल ठेगानमा आउँदै हुनुहुन्छ । उहाँले अब थाहा पाइहाल्नु हुन्छ नि ।’ प्रसाईले गगनलाई अहिलेसम्म पश्चिमाहरुले बोकेको आरोप पनि लगाएका छन् ।

गगनलाई केही गर्न नसक्ने नेताको रुपमा आरोप लगाइरहेको बेला प्रस्तोता सुवेदीले थपे ‘गगन प्रधानमन्त्रीको दोवद र हो नि ।’ सुवेदीको प्रश्न खस्न नपाउँदै प्रसाईले भने ‘उहाँ प्रधानमन्त्री ? उहाँ पहिले हुनुहुन्छ कि दुर्गा प्रसाइ समयले बताउँछ । देशभरका जनताले अहिले दुर्गा प्रसाइ खोजिरहेका छन् । भोट गर्नुहोस् न ।’

खान लगाउन नपाएका सबै दुखी गरिब जनताले दुर्गा प्रसाइ खोजेको बताउँदै उनले चाँडै मुलुकको प्रधानमन्त्री बन्ने दावी गरे । गगनहरुको काम केवल भुक्न मात्र भएको बताउँदै उनले आफू भुक्न नभई काम गर्न जाने बताए ।

आफूले सयौँ मानिसलाई रोजगारी दिएको बताउँदै गगनले देशको लागि केही पनि गर्न नसकेको उनको आरोप छ । यो देशमा एमबिबिएस, नर्स पढाउन नदिने र शिक्षा, स्वास्थ्यलाई बिगार्नेमध्येको एक पात्र गगन भएको उनको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्