उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २३ सय बढी सवारी चालकमाथि एकैदिन कारवाही

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ११ : ४८


काठमाडौं। ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा २ हजार ३१७ जना सवारी चालकलाई कारवाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, मदिरा पिएर सवारी साधन चलाउने १०८ जना, लेन उल्लंघन गर्ने १०७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९६ जना र तिब्र गतीमा सवारी साधन चलाउने ८० जना रहेका छन्।

ढोका खुल्लै राखेर सवारी चलाउने ७० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३३ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्