सेवाग्राहीलाई ‘अपशब्द’ प्रयोग गर्दै दुर्व्यवहार गर्ने लहान अस्पतालका सुब्बा निलम्बित

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ११ : १०


जनकपुरधाम। प्रादेशिक अस्पताल लहानले सेवाग्राहीलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गर्ने नायब सुब्बालाई निलम्वन गरेको छ।

अस्पतालले बिहीबार नै प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरेको जानकारी दिएको छ।

महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अश्लिल गाली गर्दै दुर्व्यवहार गरेका थिए। त्यसपछि सेवाग्राहीले उनले गरेको व्यवहारको भिडिओ बनाएपछि उनी पक्राउ परेका थिए।

‘अस्पतालको कर्मचारीद्वारा सेवाग्राहीसँग गरिएको व्यबहारप्रति अस्पताल प्रशासन अत्यन्ध गम्भीर र संवेदनशील छ’ अस्पतालका प्रमुख डा वीरेन्द्रकुमार महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुनी दायरामा ल्याउन अस्पताल कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछ।’

अस्पतालले अब यस्ता गतिविधि नदोहोरिने बताउँदै माफीसमेत मागेको छ।


प्रतिक्रिया दिनुहोस्